शिक्षकहरुलाई सम्मानका साथ विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई सांसद डा. शर्माको आग्रह

शिक्षकहरुलाई सम्मानका साथ विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई सांसद डा. शर्माको आग्रह

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । पछिल्लो १५ दिनदेखि सामुदायिक विद्यालयका शिक्षकहरू आफ्ना मागहरू लिएर काठमाडौं केन्द्रित सडक आन्दोलनमा रहेका छन्। यस आन्दोलनले लाखौं विद्यार्थीको भविष्यमा अन्योलता सिर्जना गरेको छ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले शिक्षकमाथि भइरहेको सरकारकाे व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले शिक्षकहरूलाई सडकमा होइन, सम्मानका साथ विद्यालयमा फर्काउने वातावरण तत्काल बनाउन सरकारलाई आग्रह गरेका छन्।

“शिक्षाको ज्योति फैलाउने गुरुहरूलाई सडकमा उभ्याउनु अपमानजनक हो। अहिले पनि सामुदायिक विद्यालयको शिक्षा प्रणाली कमजोर हुँदै गइरहेको अवस्थामा यो आन्दोलनले थप समस्या निम्त्याएको छ,” सांसद शर्माले भने।

उनका अनुसार शिक्षकहरूका जायज मागप्रति सरकारले गम्भीरतापूर्वक छलफल गर्न ढिला गर्नु हुँदैन। “शिक्षकहरूका मागबारे संसदमा के गर्नुपर्छ, हामी त्यसमा तयार छौं,” उनले स्पष्ट पारे।

डा. शर्माले शिक्षकमाथि भएको अपमान नेपाली समाजकै रूपान्तरणको बाधक बन्ने चेतावनी दिंदै सरकारलाई अविलम्ब आवश्यक कदम चाल्न सुझाव दिएका छन्।

Logo