काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनमा स्व.चन्द्रप्रसाद न्यौपानेको धेरै ठूलो योगदान रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित स्व.चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै उनले न्यौपानेलाई नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको बताएका हुन् । उनले भने, ‘स्व.नेता चन्द्रप्रसाद न्यौपानेलाई मैले नेपाली कांग्रेसको एक निष्ठावान, संघर्षशिल र लोकतन्त्रवादीको रुपमा चिनेको छु । नेपाली राजनीतिमा र प्रजातान्त्रि आन्दोलनमा धेरै ठूलो योगदान दिनुभएको छ ।’
न्यौपानेले नपाली कांग्रेसको विभिन्न जिम्मेवार पदमा समेत रहेर भूमिका निर्वाह गरेको भन्दै उनले २०६२–६३ को जनआन्दोलनमा पटकपटक जेल जीवन समेत बिताएको स्मरण गरे ।































प्रतिक्रिया