एमालेलाई गगनको कटाक्ष- कांग्रेस ‘बा’को पार्टी होइन, आलोचना गर्दैमा कोही भीम रावल बन्नुपर्दैन

एमालेलाई गगनको कटाक्ष- कांग्रेस ‘बा’को पार्टी होइन, आलोचना गर्दैमा कोही भीम रावल बन्नुपर्दैन

केन्द्रबिन्दु
189
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लोसमय गठबन्धन सरकारको कार्यशैलीमाथि दैनिकजसो असन्तुष्टि पोखिरहेका छन् । जुनले आज पनि निरन्तरता पायो ।

बुधबार कांग्रेसको बारा ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको गम्भीर समीक्षा गर्नुपर्ने ठाउँमा आइपुगेको बताएका छन् । उनले भने, ‘विधान संशोधन र सुशासनको एजेण्डामा मिलेका हौं। तर यो सरकार बनेपछिको अहिलेसम्मको अवधिलाई हेर्दा जुन अपेक्षाअनुसार मिलेका थियौं त्यो पूरा हुन सकेको छैन। त्यसैले हामीले गम्भीर समीक्षा गर्नैपर्छ। जुन गतिमा हिँड्नुपर्ने त्यो हुन सकिरहेको छैन।’

चुनावअघि होस् वा पछि दुवै गठबन्धन नफापेको उनको बुझाइ छ । ‘नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको। प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहीँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ। जति बलियो भए पनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ।’ उनको भनाइ थियो ।

महामन्त्री थापा यतिमै रोकिएनन् । कांग्रेस पार्टीमा फरक मत राख्न र आलोचना गर्न पाइने भन्दै उनले एमालेमाथि कटाक्षसमेत गरे । ‘प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न गर्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन,’ उनले भने, ‘कोही भीम रावल बन्दैन । किनकि, यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’

Skip This
Skip This
Logo