शिक्षकहरूको मागमा रास्वपाको ऐक्यबद्धता, संसदमा सशक्त रुपमा आवाज उठाउन निर्देशन

शिक्षकहरूको मागमा रास्वपाको ऐक्यबद्धता, संसदमा सशक्त रुपमा आवाज उठाउन निर्देशन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका सडकमा आन्दोलनरत शिक्षकहरूको मागमा ऐक्यबद्धता जनाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आन्दोलनमा रहेका शिक्षकहरूको माग न्यायोचित तरिकाबाट सम्बोधन गर्नको लागि वैशाख १२ देखि सुरु हुने संघीय सदनको अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

विगत १६ दिनदेखि शिक्षकहरू काठमाडाैंकाे माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरको सडक ओ‌हाेरदाेहाेर गरिरहेका छन्। एसइईको परीक्षा सकिएलगत्तै चैत २० गतेदेखि यथाशीघ्र नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिलाई कार्यान्वयन र शिक्षा ऐन पारित गराउन दबाब दिनका लागि शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन् । 

जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ, जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । यसकाे सम्बाेधन गर्न सरकारले बजेट अधिवेशसन आह्वान गरेकाे छ ।

Logo