रास्वपाको महाधिवेशन अब फागुनमा हुने

रास्वपाको महाधिवेशन अब फागुनमा हुने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वैशाख पहिलो साता हुने भनिएको महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेकाे रास्वपाको केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमा हुने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

२०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिरमा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७ ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको हाे ।

Skip This
Skip This
Logo