नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ -गृहमन्त्री लेखक

नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ -गृहमन्त्री लेखक

केन्द्रबिन्दु
9
Shares

पोखरा । गृहमन्त्री रमेश लेखकले नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको बताएका छन् ।

शुक्रबार प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु रहेकाले जनतालाई जोगाउनका लागि तयार रहनुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छौं । आज भन्दा करिव ४ हप्ता जति भयो एकै हप्ता तीनवटा भूकम्प बेहोर्नुपर्यो । जुनसुकै बेला जे पनि हुन सक्छ । त्यो मानसिकताका साथ तयारीमा बस्न जरुरी छ । भूकम्पको उच्च जोखिम छ । मनसुनको बेलामा अविरल वर्षका कारणले जाने बाढि, पहिरो र डुबानको जोखिम छ । हिमालमा हिउँदमा चिसो लाग्ने, लेक लाग्ने, तराईमा गर्मिमा ‘लू’ लाग्ने, आजभोलिको जस्तो सिजनमा आगलागी हुने, पहाडमा चट्याङ खस्ने, तराईमा अरु विभिन्न खालका विपद्का समस्याहरु हुने गर्दछन् । हिमाल,पहाड, तराई र मधेश सबै ठाउँमा विपद्का जोखिमहरु छन् । जोखिमबाट जनतालाई जोगाउनका लागि हामी तयार रहनुपर्छ ।’

साथै उनले जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकताका साथ तयारीमा बस्न जरुरी रहेको बताए । उनले जोखिमबाट जनतालाई जोगाउनका लागि हामी सबै तयार रहनुपर्ने बताए ।

Logo