ताप्लेजुङको घटनापछि के भने सांसद योगेश भट्टराईले ?

ताप्लेजुङको घटनापछि के भने सांसद योगेश भट्टराईले ?

केन्द्रबिन्दु
342
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गृहजिल्ला ताप्लेजुङमा आफूविरुद्ध भएको नारावाजीलाई ‘लोकतान्त्रिक अधिकारको प्रयोग’को संज्ञा दिएका छन् ।

कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शुक्रबार फक्ताङलुङ गाउँपालिका (६ लेलेप पुगेका भट्टराईविरूद्ध पहिचानवादी समूह र नो केवलकार समूहले नारावाजी गरेका थिए । र उनी शौचालय प्रवेश गरेको मौका पारेर आन्दोलनकारीले शौचालय नै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएको खबर बाहिरिएको थियो ।

त्यसपछि आज सांसद भट्टराईले प्रायोजकहरूको हतियार नबनी विवेकले काम गर्न आग्रह गरेका छन् । ‘कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेरा बिरुद्ध नारा लगाएछन । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतांत्रिक अधिकारको प्रयोग गरेछन । मलाई कुनै दुःख छैन । सवाल बिरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाईएको छ त्यति नै गर्ने हो । मेरो आग्रह बिबेकले काम गरौ । प्रायोजकहरूको हतियार नबनौ । सामाजिक एकता र सदभाव नबिगारौ । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिंड !’ उनले सामाजिक संजालमार्फत भनेका छन् ।

नाराबाजी भएपछि सुरक्षाकर्मीको संख्या बढाइएको र पछि भीडलाई सुरक्षाकर्मीले तितरवितर पारेका थिए । अवस्था सामान्य बनेपछि सांसद भट्टराई हेलिकप्टरमा काठमाडौं फर्किएका थिए ।

पछिल्लोसमय पाथीभरामा निर्माणाधीन केवलकारको विरोधमा केही समूहले अराजक हर्कत मच्चाउँदै आएका छन् । मुक्कुमलुङ संरक्षणको लागि भन्दै उनीहरु त्यहाँ केवलकार बनाउन दिने पक्षमा छैनन् । तर, सांसद भट्टराईले भने यो केवलकार ताप्लेजुङको समग्र विकासमा कोशेढुंगा सावित हुने दाबी गर्दै आएका छन् । त्यसकारण पनि उनी गृह जिल्लामै नो केवलकार समूहको निशानामा परेका हुन् ।

Skip This
Skip This
Logo