काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थुनिएका छन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय गरेको राप्रपाले आइतबार बानेश्वरमा प्रदर्शन गरिरहेको छ । तर, सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा जम्मा भएका राप्रपाका प्रवक्तासमेत रहेका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका सांसदहरूलाई भने प्रहरीले निगरानीमा राखेको हो ।
उनीसहित दीपकबहादुर सिंह र बिना जयसवाल कार्यालयमा छन्। प्रहरीको दुई वटा भ्यान संसदीय दलको कार्यालय बाहिर राखिएको छ। उनीहरुलाई आन्दोलनमा सहभागी हुन नदिने प्रहरीको रणनीति देखिन्छ ।































प्रतिक्रिया