राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित सांसदहरु रिहा

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित सांसदहरु रिहा

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित आज पक्राउ परेका सांसदहरु रिहा भएका छन् । सिंहदरबारभित्रबाटै समातिएका अध्यक्ष लिङ्देनसहित सांसद ज्ञानेन्द्र शाही र बुद्धिमान तामाङ करिब ४ घण्टापछि छुटेका हुन् ।

आइतबार प्रदर्शनमा निस्किनुअघि राप्रपाका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका थिए । यता बानेश्वर अगाडी राप्रपाका कार्यकर्ताले आन्दोलन गर्दैगर्दा राप्रपाका सांसदहरू पनि सहभागी हुन सिंहदरबारबाट निस्किने तयारी गरेका थिए । तर, प्रहरीले बाहिर निस्कन रोकेपछि नाराबाजीसमेत भएको थियो ।

तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको हो । साथै राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेका थिए ।

उनीहरु आन्दोलनमा समेत सहभागी हुन पाएनन् ।

Skip This
Skip This
Logo