स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

केन्द्रबिन्दु
54
Shares

इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैयाँ वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार प्रदेश सरकारले स्वीकृत गरेका योजनाहरूलाई यही आर्थिक वर्षमा सम्पन्न गर्नका लागि सो रकम बराबरको वित्त हस्तान्तरण गर्ने निर्णय भएको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले विपद् व्यवस्थापन नियमावली २०८२ लाई अध्ययनका लागि समितिमा पठाउने निर्णय भएको मन्त्री भण्डारीले बताए ।

Logo