काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमका एक नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
भीम रावलले सुरु गरेको ‘मातृभूमि जागरण अभियान नेपाल’लाई साथ दिएको भन्दै सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई निष्कासन गरिएको हो ।
‘‘विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरी पार्टीको विरुद्धमा लागी भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ’, एमाले सुदूरपश्चिम सचिव रण बहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि पनि एमालेले रावलकाे पक्षमा लाग्नेहरुलाई कारबाही गरेकाे थियाे ।





























प्रतिक्रिया