बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले राजीनामा बुझाएकी हुन् ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी हुन् । यसरी प्रधानमन्त्री ओली दबाबमा परेका छन् । आज शिक्षकहरुको आन्दोलनमा केही निर्णय हुनसक्ने बताइएको छ ।

Logo