शिक्षकको माग सम्बोधन गर्न सरकार तयार छ -प्रवक्ता गुरुङ

शिक्षकको माग सम्बोधन गर्न सरकार तयार छ -प्रवक्ता गुरुङ

केन्द्रबिन्दु
63
Shares

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका गुरुङले शिक्षकहरुलाई प्लस टूको परीक्षामा सहभागी भएर सघाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘एसइईको उत्तरपुस्तिका जाँच भएन भने हामीले बेलैमा रिजल्ट ल्याउन सक्दैनौं । समयमा ल्याउन सकिएन भने प्लस टू भर्नाको समय बितिसकेको हुन्छ उनीहरुको भविष्य बर्बाद हुन्छ । त्यो जाँच गर्नुपर्छ, विद्यार्थी भर्नाको समय सुरु भएको छ । शिक्षकहरुले त्यो काम गर्नुपर्छ । प्लस टूको परिक्षामा सहभागी भएर सरकारलाई सघाउनुपर्यो । तपाईंहरुको माग सम्बोधन गर्न सरकार तयार छ ।’

त्यस्तै, शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा आजको दिनसम्म पनि सरकारको जानकारीमा नभएको बताए ।

Logo