काठमाडौं । सत्तारुढ नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दै छ ।
प्रदर्शनी मार्गस्थित पद्मोदय विद्यालय क्याम्पस अगाडि हुने कार्यक्रममा ४० वर्षमुनिका एक लाख युवाहरुलाई उतार्ने एमालेको तयारी छ । लोकतन्त्रको खुसीयालीमा एक लाख युवालाई लोकतन्त्रको महत्व, अर्थ, स्वतन्त्रताको महत्वको बारेमा बुझाउन यो कार्यक्रम गर्न लागिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
युवासम्बन्धी कार्यक्रम भएकाले राजनीतिक व्यक्तिहरुको भाषण धेरै नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्नेछन् । यस्तै युवाहरुले आफ्नो मनको कुरा राख्ने छन्।
कार्यक्रममा धरैजसो कन्सर्ट हुन्छन् । लोकतन्त्रको महत्व र देशभक्ति झल्काउने गीत गाउने र नाचगान हुन्छन् । लोकतन्त्रको अवधिमा नेपालले हासिल गरेका उपलब्धि सम्बन्धि केहि तथ्य तथ्याङ्लाई चित्रकलाको माध्यमबाट, भिडियो डकुमेन्ट्रीको माध्यमबाट युवाहरमा माझ प्रस्तुत गरिने छ ।
एमालेको कार्यक्रम भएपनि युवाहरुले नै कार्यक्रमको संयोजन गर्ने भएका छन् ।





























प्रतिक्रिया