‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ’ -कावा सभापति खड्का

‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ’ -कावा सभापति खड्का

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाली कांंग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस ऐतिहासिक दिनका अवसरमा वीर योद्धाहरूको साहस, सङ्कल्प र बलिदानको धरोहरका रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिने प्रण गर्न आग्रह गरेका हुन् । उनले लोकतन्त्रको मूल्य र मान्यतालाई संरक्षण गर्न सबै सजग र सचेत रहन आग्रह गरे ।

कावा सभापति खड्काले विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि २०६२/६३ सालमा कांग्रेस नेतृत्वमा अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले विसं २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गरे ।

कावा सभापति खड्काले राष्ट्रिय स्वाधिनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, सङ्घर्ष र आन्दोलनमा जीवन उत्सर्ग गर्ने वीर सहिदहरूको समर्पण, साहस र बलिदानको स्मरण र सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

यो परिवर्तनसँगै मुलुकमा नेपाली नागरिकको चाहना अनुरुप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको संविधान जारी भएर कार्यान्वयन भइसकेको उल्लेख गर्दै उनले संविधान दिएका अधिकारको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी सबैको काँधमा आएको बताए ।

युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउनुपर्नेमा कावा सभापति खड्काले जोड दिए ।

Skip This
Skip This
Logo