किन पक्राउ परे रेशम चौधरी ?

किन पक्राउ परे रेशम चौधरी ?

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।

टिकापुर घट्नाका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला कार्यान्वयनका लागि अधिकृत खटिएकाले सोही आदेशानुसार पक्राउ गरी डिल्लीबजार कारागार लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज प्रज्ञा भवनमा एकता हुने कार्यक्रम तय गरिएको थियो ।

टीकापुर काण्डमा प्रमुख योजनाकार ठहरिएका चौधरीलाई २०७२ भदौमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो । जसलाई उच्च हुँदै सर्वोच्च अदालतले पनि सदर गरेको थियो । तर, राजनीतिक पहुँचकै कारण राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए र सक्रिय राजनीतिमा फर्किएका थिए ।

Logo