सर्वोच्चको फैसलाविना नै पत्र पठाएको भरमा रेशम चौधरी समातिएका थिए !

सर्वोच्चको फैसलाविना नै पत्र पठाएको भरमा रेशम चौधरी समातिएका थिए !

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सर्वोच्चको फैसलाविना नै एकाएक पक्राउ परी तत्कालै हिरासतमुक्त भएपछि पार्टी एकीकरणको कार्यक्रम विथोल्न खोजिएको आशंका उब्जिएको छ ।

डा.सीके रावत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि सहमती भएपछि नयाँ पार्टी नागरिक जनमत पार्टी (नाजपा) को घोषणाका लागि बुधबार नेपाल प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिएको थियो । तर कार्यक्रम स्थलमा सादा पोसाकका प्रहरी आएर चौधरीलाई पक्राउ गरेपछि पार्टी एकीकरणको कार्यक्रम प्रभावित बनेको थियो ।

टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा जन्मकैद जेलसजाए पाएका चौधरी गत वर्ष २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा गरेका थिए ।

जेलमुक्त भएको करिब तीन वर्षपछि पुनः एकाएक चौधरी पुनः एकाएक पक्राउ परेपछि शंका उब्जिएको हो । चौधरीलाई पक्राउ मात्रै गरिएन, केहि समयका लागि डिल्लीबजारस्थित कारागारमा पुर्याएको थियो । यद्यपी उनी कारागारमा पुगेको केहि समय पछि नै उनको रिहाका लागि सर्वाेच्चले आदेश दिएको थियो ।

सर्वाेच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताउदै रिहाका लागि आदेश दिएको हो । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।

‘मुद्दा विचाराधीन भएकै अवस्थामा पत्र जारी भएको देखियो । त्यसैले त्यो पत्र कार्यान्वयन नगर्नू भनी अर्काे पत्र पठाइएको हो । के कसरी पत्र जारी भएको भन्नेबारे सर्वाेच्च अदालतले आन्तरिक अध्ययन सुरु गरेको छ । ’ उनले भने ।

चौधरीलाई पक्राउ गर्न आदेश दिने अधिकृत नै हिरासतमा !

नाउपाका संरक्षक चौधरीलाई तत्काल रिहा गर्नका लागि सर्वाेच्च अदालतले प्रहरीलाई पत्र दिएको छ । सोहि आदेश अनुसार चौधरी हिरासत मुक्त भएका छन् । कार्यक्रम स्थलबाट एकाएक प्रकाउ परेका चोधरी त रिहा भए तर चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने व्यक्ति हिरासतमा पुगेका छन् ।

यसअघि सर्वोच्चको मुद्दा शाखाबाट चौधरीलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ । हिरासतमा दिएको बयानमा उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन ।

कैद मिनाहमा जेलमुक्त भएका चौधरी एकाएक पक्राउ र रिहा

पार्टी एकताको कार्यक्रम स्थलबाट पक्राउ परेका चौधरी जसरी पक्राउ परे त्यसरी नै एकाएक केहि समयपछि हिरासतमुक्त पनि भए । विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट चौधरीसहित ११ जना दोषी ठहर भएका थिए । २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसपछि २०७७ पुस २ गते उच्च अदालत दिपायलले पनि रेशम चौधरीसहित सात जनालाई जन्मकैदको फैसला सुनाएको थियो । अघिल्लो प्रतिनिधिसभामा रेशम चौधरी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । कैलाली घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेकै बेला उनी चुनावमा भाग लिएर विजयी भएका थिए । चौधरीले सांसदको शपथग्रहण गरेको केही दिनपछि सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरेको थियो।

२०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक सक्रिय भएका थिए । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठ १५ गते चौधरीलाई आमाफी दिएपछि ८ वर्षपछि उनी जेलमुक्त भएका थिए ।

मन्त्रिपरिषद र राष्ट्रपतिको निर्णयविरुद्ध कैलालीको टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वाेच्चमा रिट हालेकी थिइन।
सर्वाेच्चमा रिट हालेको करिब २÷३ वर्षपछि उनलाई पक्राउ पुर्जी विना नै सादा पोसाकका प्रहरीले पुनः पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । टिकापुरको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेकाले सर्वोच्च अदालतको आदेश अनुसार नै चौधरीलाई पक्राउ गरेको बोहोराको दाबी गरेका थिए ।

पार्टी एकीकरण कार्यक्रमलाई विथोल्न एकाएक चौधरीलाई पक्राउ गरेपछि चौतर्फी चर्चा भएको थियो । जनमत पार्टीका अध्यक्ष सीके रावतलाई चौधरी पक्राउ पर्ने विषय अवगत थियो । उनले गत बिहीबार मात्र जनमत पार्टीका अध्यक्ष सीके राउतले एकता प्रक्रियालाई प्रभावित पार्न आफूलाई ज्यान मार्ने र रेशमजीलाई पुनःपक्राउ गराइदिने धम्की आएको दाबी गरेका थिए ।

अध्यक्ष रावतको अभिव्यक्ति तर सर्वाेच्च अदालतको फैसला बेगर नै पक्राउ पुर्जी जारी भएपछि कार्यक्रम विथोल्न खोजिएको देखिन्छ । संरक्षक चौधरी पक्राउ परेपछि स्थगित भएको कार्यक्रम अर्काे सुचना नआउँदासम्मका लागि स्थगित गरिएको छ ।

Logo