काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभा बैठकमा हुने प्रश्नोत्तर कार्यक्रममा उपस्थित हुन नसक्ने भएका छन् ।
स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको सभामुखको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर अन्तिम समयमा आएर स्थगित भएको हो ।





























प्रतिक्रिया