लिङ्देनलाई सूर्य थापाको जवाफ- तपाईंको त उम्रिँदै तीन पात देखिँदैछ

लिङ्देनलाई सूर्य थापाको जवाफ- तपाईंको त उम्रिँदै तीन पात देखिँदैछ

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘बहालवाला प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको व्यवस्था’ भन्दै दिएकाे अभिव्यक्तिको खण्डन गरेका छन्।

नेता थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनलाई सम्बोधन गर्दै अहिलेका प्रधानमन्त्री र मन्त्रीहरू दशकौँसम्म बिना कसुर जेल जीवन बिताएका, अङ्गभङ्ग भएका आन्दोलनकारी पृष्ठभूमिका व्यक्तिहरू भएको स्मरण गराएका छन्।

उनले आन्दोलन सफल भएपछि उनीहरूले ‘नबिर्स तर क्षमा गर’को नीति अपनाएको र कसैलाई पनि ‘भागे भाग नत्र मार्छु’ नभनेको उल्लेख गरेका छन्। ‘एक पटक ठण्डा दिमागले सोच्न’ आग्रह उनकाे आग्रह छ ।

‘अहिलेका प्रधानमन्त्री वा मन्त्रीहरु आन्दोलनबाटै आएकाहरु हुन्, जसले आन्दोलनमा लागे बापत आफूलाई दशकौं बिना कसुर, बिना मुद्दा कालकोठरीमा राख्यो, अङ्भङ्ग गरायो, तिनै पात्रलाई समेत उनीहरुले आन्दोलन सफल भएपछि– ‘फर्गिव नट फर्गेट’ अर्थात्, ‘नबिर्स तर क्षमा गर’को नीति अनुरुप ‘भागे भाग नत्र मार्छु’ भनेनन् ।’ उनले भनेका छन्, ‘तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरुले कसरी बुझौं ? प्रतिस्पर्धा–सहअस्तित्व – सहकार्यको रुपमा कि, ‘कि तँ छैनस्–कि मँ छैन’को निषेधकारी दृष्टिकोणमा ? एक पटक ठण्डा दिमागले सोच्नुहोस्, जनसुकै शर्त मञ्जुर छ ।’

थापाले लिङ्देनको ‘उम्रिँदै नउम्रिँदै तीन पात’ देखिएको टिप्पणी गर्दै जनताले पराजित गरेकाहरू संविधानको धारा २७० जपिरहेको अवस्थामा यस प्रकारको अभिव्यक्ति उचित नभएको आशय व्यक्त गरेका छन्।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले जेठ १५ को आन्दोलन निर्णायक र अन्तिम हुने बताउँदै प्रधानमन्त्रीसहितका नेतालाई भाग्नका लागि हेलिकोप्टर प्रयोग गर्न दिने उद्घोष गरेका थिए । उनले भनेका थिए, ‘उमेरका हिसाबले पनि भाग्न सकिँदैन भनेर प्रधानमन्त्रीले सदनमा भन्नुभयो, भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने । त्यसरी हामीले हाम्रो आन्दोलन अगाडि लाने हो।’

Skip This
Skip This
Logo