काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
आजको बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नेछ ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बैठकले प्रा.डा. विश्व पौडेललाई पहिलो नम्बरमा राख्दै निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको छ ।
पहिलो नम्बरमा रहेका पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्ने प्रबल सम्भावना छ ।





























प्रतिक्रिया