भैरहवा विमानस्थल अध्ययन समितिमा माओवादीका प्रतिनिधि नसमेटिएपछि आपत्ति

भैरहवा विमानस्थल अध्ययन समितिमा माओवादीका प्रतिनिधि नसमेटिएपछि आपत्ति

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भैरहवा विमानस्थल अध्ययनका लागि गठित संसदीय उपसमितिमा आफ्नो पार्टीलाई नसमेटिएको भन्दै आपत्ति जनाएका छन् ।

आज बसेको लेखा समिति बैठकमा सांसद दाहालले भने, ‘भैरहवा क्षेत्रीय विमानस्थल अध्ययन उपसमितिमा हाम्रो दल आबद्ध माननीयज्यूहरूलाई उपस्थित नगराइ उपसमिति बनाइएको छ । यो विषयप्रति पनि गम्भीर आपत्ति जनाउँछु ।’

कांग्रेसकी सांसद मञ्जु खाण संयोजक रहेको उपसमितिमा एमालेबाट योगेश भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसबाट खाणसँगै प्रमुख सचेतक श्यामकुमार घिमिरे, रास्वपाबाट मनिषकुमार झा, राप्रपाबाट विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन् ।

Logo