नेता डा‍. शेखर कोइरालाले मागे गृहमन्त्रीको राजीनामा

नेता डा‍. शेखर कोइरालाले मागे गृहमन्त्रीको राजीनामा

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने उनको धारणा छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले भने, ‘रमेशजीले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरे। छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’

गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट परिसकेको छ । अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट हालेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने छ । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ ।

भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको अख्तियारकाे दाबी छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।

Skip This
Skip This
Logo