काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।
ललितपुरको च्यासलस्थित (एमाले) पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो २ बजेलाई बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने कार्यलय सचिव भिष्म अधिकारीले जनाएका छन् ।
साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप, जेठ १५ गते राप्रपासहितका राजावादी दलहरुले गर्न लागेको आन्दोलनका विषयमा एमालेको धारण तय गर्ने बताइएकाे छ ।
बैठकमा सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा र पार्टीको सांगठनिक गतिविधिबारे पनि छलफल हुने एजेन्डा छ ।





























प्रतिक्रिया