काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार केन्द्रीय समिति बैठकले सहमहामन्त्री सुमना श्रेष्ठ र प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहको राजीनामा स्वीकृत गरेको छ ।
आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले श्रेष्ठ र शाहले पदबाट दिएको राजीनामा स्वीकृत गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी बताए ।
प्रतिनिधि सभा सदस्य समेत रहेकी श्रेष्ठले पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् भने शाहले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए।































प्रतिक्रिया