पोखरा । शुक्रबारबाट पोखरामा जारी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि मतदान हुने भएको छ ।
नेकपा (एमाले)ले प्रदेश कमिटी, जिल्ला कमिटी तथा जनसङ्गठनमा नेतृत्व चयन गर्दा सर्वसम्मत गर्ने यदि त्यसो हुन नसकेमा लोकतान्त्रिक अभ्यास मार्फत नेतृत्व चयन गर्ने र नेतृत्व चयन गर्दा टिम वा प्यानल बनाउन नपाउने आन्तरिक सर्कुलर मार्फत निर्वाचनहरू समूहगत (प्यानल) सूचीका आधारमा नगर्ने निर्णय गरेको थियो ।
युवा सङ्गठनमा पार्टी नीति विपरीत प्यानल गत रूपमा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले प्यानलसहित उम्मेदवारी दिएका हुन् ।
निवर्तमान अध्यक्ष थेबेको प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाही खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेशी सचिवमा मोबिन आलमले, लेखा आयोगको अध्यक्ष किसुन जैशी, निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, अनुशासन आयोगको अध्यक्ष मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा उम्मेदवार बनेका छन् ।

पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम महासचिव कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा सचिवमा ध्रुव खड्का र अरुण कुँवर महिला सचिवमा रेशु तामाङ र मधेशी तर्फ चितरन्जन यादवले उम्मेदवार वनेका छन् ।

आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुशासन आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषद्को अध्यक्षमा मोदनाथ सिलवाल उम्मेदवार बनेका छन् । मतदानको समय बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । आइतबार रातिसम्म उम्मेदवारी मनोनयन सकिसकेको छ ।































प्रतिक्रिया