राष्ट्रपतिलाई आगामी बजेटबारे अर्थमन्त्रीले गराए जानकारी

राष्ट्रपतिलाई आगामी बजेटबारे अर्थमन्त्रीले गराए जानकारी

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।

Logo