राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि…

राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि…

केन्द्रबिन्दु
48
Shares

पोखरा । पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि तनाव उत्पन्न भएको छ ।

मतदाता नामावलीमा नाम भए पनि अर्कैले भोट हालेको र नक्कली प्रतिनिधि फेला परेपछि केहीबर चुनाव नै रोकिएको थियो । मतदानस्थलबाट एक जना फर्जी मतदातालाई प्रहरीले पक्राउ गरेको छ।

युवा संघको १० औं महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी प्यानलबीच प्रतिस्पर्धा जारी छ। मंगलबार बिहानदेखि सुरु भएको मतदान हालसम्म चलिरहेको छ।

Logo