प्रतिपक्षीको अवरोधपछि आजको बैठक सूचना टाँस गरेर स्थगित

प्रतिपक्षीको अवरोधपछि आजको बैठक सूचना टाँस गरेर स्थगित

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

भिजिट भिसा प्रकरणमा प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि बैठक बुधबारसम्म स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक सुरु भएलगत्तै अवरोध गरेका थिए । त्यसपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएपनि पछि बस्न सकेन ।

यो बीचमा सभामुख घिमिरेले संसद भवनमै दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका थिए । तर प्रतिपक्षीहरुले अडान कायमै राख्दा बैठक बस्न नसकेको हो । यसले जेठ १५ मा हुने बजेट भाषण पनि प्रभावित बन्न सक्ने देखिएको छ । संवैधानिक बाध्यताअनुसार सरकारले बिहीबार बजेट ल्याउनै पर्छ।

आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको थियाे ।

Logo