काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरी पुनः अध्यक्षमा दोहोरिएका हुन् ।
आज सम्पन्न निर्वाचनमा १४०४ मत खसेको थियो । थेबेले ७९६ मत पाएका थिए भने उनका प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाएका थिए।पुरी आठौं महाधिवेशनबाट संघको उपाध्यक्ष बनेका थिए भने नवौं महाधिवेशनबाट महासचिव बनेका थिए।
महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् ।
अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् ।





























प्रतिक्रिया