काठमाडाैं । नेपाली कांग्रेसभित्र हालैको भिजिट भिसा प्रकरणले राजनीतिक बहसलाई चर्काएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसँगै कांग्रेस नेताहरू डा. शेखर कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईंलाई पार्टीबाट स्पष्टीकरण सोध्ने प्रस्ताव आएको थियो । यो प्रस्ताव पार्टीका पूर्वमहामन्त्री तथा बीपी कोइरालाका सुपुत्र डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई बैठकमा राखेका थिए।
तर राजनीतिक मतभेदका बाबजुद पनि कांग्रेसभित्रको आत्मीयता भने अझै बलियो देखिएको छ । हालै सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले यस कुराको पुष्टि गर्छ । उक्त भिडियोमा लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले प्रतिनिधिसभा भवनभित्रबाट डा. शशांक कोइरालालाई लिएर आउँछन्, अनि गाडीको ढोका खोलेर डा .कोइरालाको हात ढोग्दै नमन गर्दै आशीर्वाद लिदै सम्मानपूर्वक विदा गर्छन्। यी दृश्यले जनप्रतिनिधिहरूबीचको सहिष्णुता, आदर र आत्मीयता झल्काउँछ।
पत्रकारहरूसँग कुरा गर्दै डा. शर्माले भने, “शशांक दाइ सोझो मान्छे हो। कसैले केही भनेर उक्सायो होला। उहाँले राम्रै कुरा बोल्नुभएको थियो, एउटा शब्द चिप्लिएको हो। बीपीको छोरो हो, आममाफी छ।”
डा. शर्मा नेपाली कांग्रेसका त्यस्ता सांसद हुन्, जसले प्रतिनिधिसभाबाट तलब-भत्ता नलिने घोषणा गरेका छन्। उनले देशभरि स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्, जसबाट हजारौं नागरिक लाभान्वित भएका छन्।





























प्रतिक्रिया