काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु प्रतिपक्षी दलको अनुचित क्रियाकलाप भएको टिप्पणी गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथुन’को शुभारम्भपछि प्रधानमन्त्री ओलीले भने, ‘प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वाभाविक मान्नु पर्दैन । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । माग राख्दा वा विरोध गर्दा आधार त चाहिन्छ नि ।’
यसअघिका गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हकमा भने गृह मातहतको सिआइबीले छानबिन गरिरहेकाले त्यस्तो अवस्था आएको पनि उनले स्मरण गराएका थिए ।































प्रतिक्रिया