काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका छन्।
संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थेबेसहित नयाँ कार्यसमितिका पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य तथा पार्टीका युवा मोर्चा फाँट इन्चार्ज भानुभक्त ढकाल, पूर्व युवाफाँट इन्चार्ज तथा पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका पूर्व अध्यक्ष निरुदेवी पाल, युवा नेता राजिब पहारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष थेबेले आफ्नो दोस्रो कार्यकाललाई युवाको सशक्तिकरण, संगठन विस्तार, रोजगारीको अवसर र वैचारिक प्रशिक्षणका कार्यक्रमहरूमा केन्द्रित बनाउने प्रतिबद्धता जनाए। उनले भने, “युवालाई उत्पादनमूलक गतिविधिमा संलग्न गराउँदै देशमै अवसर सृजना गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ।”





























प्रतिक्रिया