मंगोलियाली प्रधानमन्त्रीको राजीनामाले नेपालको राजनीतिलाई गिज्यायो -सांसद डा. सुनिल शर्मा

मंगोलियाली प्रधानमन्त्रीको राजीनामाले नेपालको राजनीतिलाई गिज्यायो -सांसद डा. सुनिल शर्मा

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । नेपाली कांग्रेसका संघीय सांसद डा. सुनिल शर्माले मंगोलियाका प्रधानमन्त्रीले आफ्ना छोरामाथि भ्रष्टाचारको प्रश्न उठेपछि दिएको राजीनामालाई उदाहरणीय भन्दै नेपालको राजनीतिमा गहिरो नैतिकताको अभाव भएको टिप्पणी गरेका छन् ।

सांसद डा. शर्माले सामाजिक संजालमा लेख्दै भने, “मंगोलियाका प्रधानमन्त्रीले छोरामाथिको भ्रष्टाचार आरोपपछि राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेका छन्, तर यसले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्याएको जस्तो अनुभूति भएको छ।”

उनले नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको सन्दर्भ जोड्दै २०१५ सालको ऐतिहासिक घटनाको स्मरण गरे । विपी कोइरालाले प्रधानमन्त्री हुँदा आफ्नै भाई तारणिप्रसाद कोइराला सहभागी रहेको मन्त्रिपरिषद्को भूमिसुधार मन्त्रालयमा गणेशमान सिंहमाथि उठेको आरोपको निष्पक्ष छानबिनका लागि राजा वीरेन्द्रको विश्वासपात्रमार्फत समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याएको प्रसंग उल्लेख गर्दै उनले सो ऐतिहासिक क्षणबाट आजका नेताहरुले पाठ सिक्नुपर्नेमा जोड दिए ।

उनले प्रश्न गरे, “विपीका अनुयायी हामीहरुले त्यो नैतिक धरातललाई जिवन्त राख्न सकेका छौं त? हामी नैतिकता सहितको राजनीतिका लागि किन चुकिरहेका छौं?”

डा. शर्माका अनुसार अहिले आम जनतामा राजनीति र नेताप्रतिको विश्वास कमजोर हुँदै गइरहेका बेला नेताहरूले विपी कोइरालाले देखाएको नैतिकताको संस्कारबाट सिकेर जिम्मेवार र नैतिकवान बन्ने दिशामा लाग्न जरुरी छ।

“आजको नेपालको राजनीतिको मुख्य आवश्यकता भनेको नैतिकतामा आधारित नेतृत्व विकास गर्नु हो,” उनले स्पष्ट पारे ।

Skip This
Skip This
Logo