काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्न अस्विकार गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आज संसद् भवन नयाँ बानेश्वरमा भएको छलफलमा कांग्रेसले यस्तो अडा लिएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो । यस विषय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको भन्दै जाँचबुझ आयोग वा संसदीय समिति गठन गर्न नसकिने कांग्रेसको तर्क छ । तर त्यसमा रास्वपा सहमत छैन ।
छलफलमा कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म पनि बस्न सकेको छैन ।





























प्रतिक्रिया