कांग्रेसलाई लोकप्रिय बनाउन सकारात्मक काम गरौं -स्वास्थ्यमन्त्री प्रदीप पौडेल

कांग्रेसलाई लोकप्रिय बनाउन सकारात्मक काम गरौं -स्वास्थ्यमन्त्री प्रदीप पौडेल

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आजको समाजमा सकारात्मक म्यासेज दिनसके मात्रै राजनीतिक पार्टी लोकप्रिय बन्न सक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले साना त्रुटिले पनि कांग्रेसको भोट र लोकप्रियता दुवै घट्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने,‘आजको समाजमा राजनीतिक पार्टीले सकारात्मक म्यासेज दिन सक्यो भने मात्रै त्यो पार्टी लोकप्रिय हुनसक्छ । आज सानो त्रुटि गरियो भने पनि हाम्रो भोट घट्छ । पार्टीको लोकप्रियता घट्छ । नेतृत्वले कहिलेकाहीँ यो कुरा ख्याल नगरेको जस्तो देखिन्छ ।’

उनले काँग्रेस पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयले पार्टी लोकप्रिय हुने, आलोचित हुने, पार्टीको विषयहरूमाथि टिका टिप्पणीहरू हुने वा नहुने स्थिति निर्माण हुने पनि धारणा राखे ।

Logo