रास्वपालाई एमाले सांसद योगेश भट्टराईको प्रश्न- दोषी सभामुख हो कि हाम्रो ईगो ?

रास्वपालाई एमाले सांसद योगेश भट्टराईको प्रश्न- दोषी सभामुख हो कि हाम्रो ईगो ?

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे विराेधशैलीमाथि नै प्रश्न उठाएका छन् ।

संसदमा भइरहेको अवरोध र नाराबाजीको सन्दर्भमा रास्वपालाई विगतको अवस्था स्मरण गराउँदै सांसद भट्टराईले भनेका छन्, “नाराबाजीका बीचमा संसद चल्नु राम्रो होइन तर के यो पहिलो पटक हो त? विगतका प्रत्येक सभामुखका पालामा कुनै न कुनै दलले वेलमा नारा लगाएकै थिए।”

उनले वर्तमान सभामुखका बारेमा टिप्पणी गर्नेहरूलाई पहिलेका सभामुखका बारेमा के लेखिएको थियो र के बोलिएको थियो, त्यो एकपटक आफैंलाई ऐनामा हेर्न आग्रह गरेका छन्।

साथै सभामुखको भूमिकाबारे सुविधाअनुसारको व्याख्या नगर्न पनि उनकाे उनुराेध छ । “आउनुहोस् छलफल गरौँ। सकेसम्म सर्वस्वीकार्य प्रणाली स्थापित गरौँ। अडानका नाममा प्रक्रियालाई बन्धक नबनाऊँ। दोषी सभामुख हो कि हाम्रो ईगो ?” उनले भनेका छन् ।

बहुलवादी समाज र बहुदलीय प्रणाली भएका मुलुकमा हरेक विषयमा सबैको सहमति हुनैपर्छ भन्ने ग्यारेन्टी गर्न सम्‍भव नरहेकाे बताउँदै सांसद भट्टराईले बहुमत र अल्पमतको अभ्यास कसरी गर्ने भन्ने बारेमा समेत छलफल आवश्यक रहेको औंल्याएका छन्।

Logo