राप्रपाद्वारा संसद बैठककाे भत्ता नलिने घोषणा

राप्रपाद्वारा संसद बैठककाे भत्ता नलिने घोषणा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार बसेकाे संसद बैठककाे भत्ता नलिने घोषणा गरेको छ ।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भए बापत्त प्राप्त हुने भत्ता अस्वीकृत गरेको जानकारी दिएका हुन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ ।’ उनले भनेका छन्,‘हाम्रो पार्टीले उठाएका मागहरू भिजिट भिसा प्रकरणमा संसदमा अबरोध भएको समयमा पनि जबर्जस्त बैठक संचालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले यो बैठक वापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने ब्याबस्था गरि सहयोग गरिदिन हुन अनुरोध छ ।’

रास्वपाकाे विराेधका बीच संसद अघि बढेपछि राप्रपाले आइतबार बैठक नै बहिष्कार गरेको थियो ।

Skip This
Skip This
Logo