सभामुख घिमिरेद्वारा दलका प्रमुख सचेतकहरूसँग छलफल, कानूनमन्त्री पनि सहभागी

सभामुख घिमिरेद्वारा दलका प्रमुख सचेतकहरूसँग छलफल, कानूनमन्त्री पनि सहभागी

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । संसदमा जारी गतिरोध अन्त्य गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूलाई छलफल गरेका छन् ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग सहमति भए पनि रास्वपा, राप्रपा लगायतका दलको अवरोध जारी रहेपछि सभामुखले अहिले बानेश्वरमा छलफल गरिरहेका हुन् ।

छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् ।

सभामुखले संसदमा जारी अवरोधबारे आज बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।

Logo