काठमाडाैं । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला इरान र इजरायलबीचको युद्ध चर्किएपछि इजरायलमा फसेका छन् । उनी इजरायलको राजधानी भन्दा ३० किलोमिटर पर सेफाइ भन्ने सहरमा रहेका छन् ।
इजरायल सरकारको निम्तोमा उनी त्यसतर्फ गएका थिए ।
युद्ध चर्किएपछि अहिले इजरायलका विमानस्थलहरू बन्द रहेका कारण मेयर कोइराला नेपाल फिर्ती अनिश्चित बनेको हो । मेयर कोइराला जुन २० तारिखमा नेपाल फर्कने टिकट रहेको छ। उनी नेपाल फर्किन अरु पाँच दिन बाँकी रहेको छ।
मेयर कोइराला जस्तै केही दिनयता इजरायल र इरानबिच आक्रमण र प्रत्याक्रमण चल्न थालेपछि उनीसहित त्यहाँ पुगेका विश्वका विभिन्न देशका जनप्रतिनिधिहरू बङ्करमा लुक्दै बस्न बाध्य भएका छन् । इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा इजरायलको तेल अभिभ महानगरीय क्षेत्रको केन्द्रमा क्षति पुगेको छ । उक्त आक्रमणमा कम्तीमा सातजनाको मृत्यु भएको छ । १०० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।





























प्रतिक्रिया