काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले थुनछेक बहसपछि गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको हो । उनी आजै अदालतमा उपस्थित भएका थिए ।
यसअघि सोमबार सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा पनि ३ लाख धरौटीमा छुटेका थिए ।





























प्रतिक्रिया