दोलखा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै यसबाट मानव जातीमात्र नभएर सम्पूर्ण जीव र वनस्पति समेत प्रभावित रहेको बताएका छन् ।
शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा जारी रहेको‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा’ विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवादको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नखाएको विषको असरको रुपमा नेपालले अहिले जलवायु परिवर्तनको समस्या खेपिरहेको बताए ।
उनले भने,‘नखाएको विषको असर अहिले हामीले भोग्न परेको छ । जलवायु परिवर्तनले मानवमा मात्र होईन् ,सम्पूर्ण वनस्पति र जीवहरुमा गम्भीर असर पुगेको छ । यसमा नेपालको कुनै भूमिका छैन्,तर जलवायू परिवर्तनको चपेटामा नेपाल परेको छ ।’
त्यस्तै उनले जलवायु परिवर्तनको विषयमा तीनै तहको सरकार मिलेर आवाज उठाएर त्यो आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आवश्यक रहेको बताए । ‘यस विषयमा तीनै तहको सरकार मिलेर आवाज उठाएर त्यो आवाज अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आवश्यक छ । अन्य देशरुलार्ई तिमिहरु अपराध गर्ने अनि हामीले सजाय भोगिदिन पर्ने’ भन्ने यो आवाज अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन यो संवाद सार्थक बन्ने छ,’उनले भने ।





























प्रतिक्रिया