रास्वपा र राप्रपाको विरोधका बीच अघि बढ्यो संसद् बैठक

रास्वपा र राप्रपाको विरोधका बीच अघि बढ्यो संसद् बैठक

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले विरोध जारी राखेपनि सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका हुन् । गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै रास्वपा र राप्रपाले बैठकमा विरोध जनाउँदै आएका छन् । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

Logo