काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबैतिर बजेट छरिँदा प्रभावकारी काम हुन नसकेको स्विकार गरेका छन् ।
धुलिखेलमा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविरको उद्घाटन गर्दै उनले भने, ‘यति धेरै योजना भयो की, योजना कता हो कता भयो । मलाई पहिला सम्झना छ, तित्राको बच्चा नभेटेको जस्तै भयो। हामीले सबैतिर आँखा लगायौं, तर तित्राको बच्चा कहिल्यै पनि भेटिएन । पछि थाहा भयो, एउटालाई मात्रै हेर्यो भने सम्भव हुनेरहेछ ।’
योजनाको प्राथमिकीकरण गर्न नसकेको स्विकार्दै मुख्यमन्त्री लामाले बजेटमा छुटेका योजनालाई आगामी दिनमा समेटेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘मैले भनेको ठाउँ र उसले भनेको ठाउँमा, गोठ जाने बाटो र यता जाने बाटोमा बढी केन्द्रित भए । छुटेका योजना सबै मिलेर आगामी दिनमा कार्यान्वयन गर्नेछौं ।’ उनले भने ।































प्रतिक्रिया