काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट निष्काशित डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन् । आफूलाई रास्वपाको महामन्त्रीमा कायम राख्नुपर्ने र महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग राख्दै उनले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
आज न्यायाधीश कुमार रेग्मीको इजलासले उनको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दैछ । उनले रास्वपा, कारागारमा रहेका सभापति रवि लामिछाने, हालै महामन्त्रीमा नियुक्त भएका कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा लगायतलाई विपक्षी बनाएका छन्।































प्रतिक्रिया