पूर्वसचिव रघुराम विष्टको संयोजकत्वमा सार्वजनिक खरिद पुनरावलोकन समिति गठन

पूर्वसचिव रघुराम विष्टको संयोजकत्वमा सार्वजनिक खरिद पुनरावलोकन समिति गठन

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सार्वजनिक खरिद पुनरावलोकन समितिको संयोजकको जिम्मेवारी पूर्वसचिव रघुराम विष्टले पाएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विष्टको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको सदस्यहरूमा इन्जिनियरिङ सेवाबाट रोहितकुमार बिसुराल र अर्का सदस्यमा थानेश्वर गौतमलाई नियुक्त गरिएको छ । समितिको पदावधि तीन वर्ष हुनेगर्छ ।

सार्वजनिक खरिद ऐन, २०६३ ले परिकल्पना गरेअनुसार सार्वजनिक खरिद पुनरावलोकन समिति गठन हुँदै आएको छ ।

Logo