काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा उद्यमीहरुले धैर्यताका साथ काम गरे सफल हुने बताएका छन् ।
शुक्रबार राष्ट्रिय युवा उद्यमी सञ्जाल द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवामा नकारात्मक सोच धेरै आएको भन्दै सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘सकारात्मक सोच्नुस् जसको दिमागमा नकारात्मकता हुन्छ । उसले केही गर्न सक्दैन लेख्नुस्, दोस्रो कुरा जे कुरा गर्नुहुन्छ धैर्यता राख्नुस्, एकदिन सफलता प्राप्त हुन्छ । एकदिन तपाई अगाडि बढ्नुहुन्छ त्यो काममा लगनशीलता हुनुपर्यो । हामी कुन ठाउँमा चुक्यौ विचार गर्नुस् ।’
उनले आफूले पनि उद्यमी गरिरहेको भन्दै लगनशीलतालाई जारी दिनुपर्ने बताए ।































प्रतिक्रिया