टेरामक्स खरिद प्रकरणः निलम्बित सांसद मोहनबहादुर बस्नेत २५ लाख धरौटीमा रिहा

टेरामक्स खरिद प्रकरणः निलम्बित सांसद मोहनबहादुर बस्नेत २५ लाख धरौटीमा रिहा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वसञ्चारमन्‍त्री समेत रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेत २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई पुर्पक्षको लागि २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बयानका लागि बस्नेत पनि अदालतमा उपस्थित थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले बस्नेतविरूद्ध जेठ १ गते मुद्दा दायर गरेको थियो। उनीसहित १६ जनाको संलग्नता रहेको भन्दै जनही तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी लिएको थियो।

Logo