मुकुल ढकालको रिट हेर्न नभ्याइनेमा

मुकुल ढकालको रिट हेर्न नभ्याइनेमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित महामन्त्री मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइने भएको छ ।

आज उक्त रिटमाथि सर्वोच्च अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासको १८ औँ नम्बरमा आज तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।

ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।

Logo