धनगढी । धनगढीलाई प्रदेश ७ को राजधानी नतोकेको विरोधमा प्रदेशसभा बाहिर प्रदर्शन गरिएको छ । धनगढीका वासिन्दाले मंगलबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका हुन् । "/>

धनगढीलाई राजधानी नतोकेको विरोधमा प्रदर्शन

धनगढीलाई राजधानी नतोकेको विरोधमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

धनगढी । धनगढीलाई प्रदेश ७ को राजधानी नतोकेको विरोधमा प्रदेशसभा बाहिर प्रदर्शन गरिएको छ । धनगढीका वासिन्दाले मंगलबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका हुन् ।

संसदीय समितिले प्रदेश ७ को राजधानी कैलालीको गोदावरी तोकेपछि त्यसको विरोध सुरु भएको हो । राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू-माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको स्थानीयको आरोप छ ।

संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ । उनीहरुले धनगढीबाट कुनैपनि हालतमा राजधानी सार्न नमिल्ने बताएका छन् भने प्रदेशको नामाकरण पनि सच्याउन माग गरेका छन्। 

Logo