असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ -गोकुल बाँस्कोटा

असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ -गोकुल बाँस्कोटा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन् । उनले भने, ‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ । असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रवन्ध गरियोस् ।’

साथै उनले तत्काल मलको प्रवन्ध गर्न समेत आग्रह गरे ।

Skip This
Skip This
Logo